प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
पौष २०८०
प्रहरी नायव महानिरीक्षकको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८०-०९-२६

काठमाण्डौ २६ पुस,मिति २०८०।०९।२६ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल सरकार, गृह मन्त्रालय (माननीय उप-प्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०।०९।२४ गतेको निर्णयानुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यको  बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यले यस कार्यालयमा कार्यरत रहँदा कार्यकुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो ।सङ्गठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुबाट अझैँ व्यवसायिक तथा जनमुखी सेवा प्रवाह गरिने अपेक्षा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले आगामी दिनमा आउन सक्ने सम्भावित चुनौतिलाई सामना गर्न तयार रहन र सङ्गठको श्रीबृद्दिका खातिर निरन्तर लागिरहन निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

पाकेटमारीमा संलग्न २ जना पक्राउ
२०८०-०९-२५

काठमाण्डौ, २४ पुस काठमाण्डौ महाराजगञ्ज चोकस्थित सार्वजनिक यातायातमा सवार यात्रीको नगद १८ हजार रूपैयाँ पाकेटमारी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ घर भई काठमाडौं पेप्सिकोला बस्ने ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भई काठमाडौं टोखा बस्ने ३५ वर्षीय विष्णु थापा रहेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाइएको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-०९-२५

काठमाण्डौ, २४ पुस काठमाण्डौ महानगरपालिका-३२ पेप्सिकोलास्थित एक्टिभ मोबाइल पसलबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सप्तरी कटौना गाउँपालिका-९ घर भई काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।उक्त पसलबाट मंसिर १४ गते राति विभिन्न कम्पनिका २७ थान मोबाइल सेट तथा घडीहरू समेत गरी करिब ५ लाख ५२ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मण्डललाई काठमाण्डौ पेप्सिकोलाबाट चोरी गरेका १४ थान मोबाइलसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ
२०८०-०९-२५

काठमाण्डौ, २४ पुस काठमाण्डौ महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनाहरूसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका-३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् । भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरि बिल-बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ । 

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ
२०८०-०९-२५

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाण्डौ, २४ पुस            माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-८ घर भई हाल काठमाण्डौ टोखा नगरपालिका-५ धापासी बस्ने क्यापिटल मेनपावरको संचालक  ४४ वर्षीय टंक प्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका-४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका छन् । वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक ८० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टंक प्रसादले १ जना पीडितबाट ३ लाख रूपैयाँ र विक्रमले १ जनालाई मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ९० हजार रूपैयाँ ठगी गरेका थिए । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टंक प्रसादलाई काठमाण्डौ बसुन्धराबाट र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-२५

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाण्डौ, २४ पुस            पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४७ वर्षीया शिवा न्यौपानेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले १ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-२ बाट पक्राउ गरेको  हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१९

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाण्डौ, १९ पुसमलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-५ घर भई काठमाण्डौ महानगरपालिका-३१ शान्तीनगर बस्ने २७ वर्षीय बलराम कुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महतोले २ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१९

काठमाण्डौ, १९ पुस जापान पठाइदिन्छु भन्दै ६ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-४ घर भई काठमाण्डौ टोखा नगरपालिका-३ बानियाटार बस्ने ५० वर्षीय गणेश कुमार कुलुङ राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले २ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित होटलमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१९

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाण्डौ, १९ पुस पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट पंचकन्या गाउँपालिका-२ घर भई काठमाण्डौ टोखा नगरपालिका-११ मनमैजु बस्ने २२ वर्षीया रचना थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८०-०९-०८

नेपाल प्रहरी संगठनमा मिति २०७२/०४/०१ गते भर्ना भई नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८०/०९/०४ गतेको निर्णयानुसार जनपद समुह तर्फ प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका ३ जना प्रहरी कर्मचारीहरूलाई  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ ।            दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव निरीक्षकहरु नविन्द्र दिप थापा, सरोज पौडेल र डिल्ली जङ्ग रोकाय रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना  दिनु हुदै  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले  सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा हरेक दर्जाका प्रहरी कर्मचारीको जिम्मेबारी तोकिएको हुँदा पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । साथै प्रहरी आचरण तथा व्यवहारमा रही बर्दी र प्रहरीको मर्यादा राखी कार्य गर्न समेत निर्देशन दिनुभयो । सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक,प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको भवन शिलान्यास
२०८०-०९-०४

काठमाण्डौ,  पुस ४         प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।        बागमती प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालय, टोखा नगरपालिका, विभिन्न संघ संस्था तथा स्थानिय नागरीकको सामुहिक लगानीले करीव चार करोड रुपैयाको पुर्वानुमान गरी प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको लागि भवन निर्माण गर्न लागिएको हो ।        शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले निर्माण हुन लागेका भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै  प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पूर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पूर्ण गोंगबुँ तथा टोखा नगरपालिकाबासीलाई धन्यवाद व्यक्त गर्नुभयो । अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै नयाँ निर्माण हुने भवनहरूले प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गर्दै आधुनिक युगमा आधुनिक प्रविधिको प्रयोग गर्दै समाजमा सुशासन कायम गर्न उपत्यका प्रहरी कटिवद्व रहेको बताउनुभयो । साथै गोंगबुँ नयाँ बसपार्क जस्तो संबेदनशिल स्थानमा प्रहरी  प्रभाग तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन निर्माणले आपराधिक गतिविधि विरुद्व प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।     सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँ संस्थाका अध्यक्ष केदारनाथ पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र वहादुर खत्री, टोखा नगरपालिकाका कार्यकारी अधिकृत शेर वहादुर बि.सी., प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री, प्रहरी प्रभाग गोंगबुँका कार्यालय प्रमुख प्रहरी निरीक्षक, पूर्व प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरू र स्थानीय भद्र भलादमीहरू लगायत अन्दाजी १५० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<